logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट चितवनमा प्रहरी हबल्दारको मृत्यु


अंकुरण खबर
1.001K
Shares

कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुषको मृत्यु हो ।

अस्पतालका निर्देशक डा‍. दयाराम लम्सालका अनुसार क्यान्सरका बिरामी उनलाई ज्वरो, खोकीका कारण असोज २१ गते अस्पतालमा भर्ना गरिएको थियो । असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो ।

क्यान्सर रोगका कारण काम गर्न नसक्ने भए पछि उनको घरमा नै बसेर उपचार गराई रहेका थिए ।