logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कलाकार हरिवंश आचार्य दम्पती कोरोनामुक्त


अंकुरण खबर
2.652K
Shares

लोकप्रिय कलाकार हरिवंश आचार्य दम्पती कोरोनामुक्त भएका छन् ।

कलाकार आचार्यले बिहीबार बिहान आफू र पत्नी रमिला आचार्यको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् ।

‘हाम्रो कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै धेरै माया दिनुहुने सबैमा धन्यवाद,’ हरिवंशले फेसबुकमा लेखेका छन् । नयाँ सिनेमा, टेलिफिल्म र विज्ञापन सुटिङ गर्ने क्रममा आफूमा कोरोना संक्रमण फैलिएको आचार्यले बताएका थिए ।

कोरोना संक्रमणपछि होम आइसोलेसनमा बसेका बेला हरिवंशले कोरोनालाई सामान्य नठान्न आग्रह गर्दै यसपटकको दशैंमा आफ्नो घरमा टीका लगाउन नआउन उनले सबैलाई भनेका थिए ।