बिहीबार सुनको मुल्य बढेको छ ।
आज छापावाला सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेर ९५ हजार ७०० रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मुल्य भने घटेको छ । हिजो प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज घटेर १२ सय ३० रुपैयाँमा झरेको छ ।