logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

साँखुमा टेम्पो दुर्घटनाः एकको मृत्यु, चार घाइते


अंकुरण खबर
975
Shares

काठमाडौंको साँखुमा टेम्पु दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

साँखु–कात्तिके सडकखण्डको लम्बुडाँडा मोडबाट टेम्पु २०–२५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा करिब ४५ वर्षीय प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।