logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप २१ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या ८ सय नाघ्यो


अंकुरण खबर
1.352K
Shares

पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय १२ पुगेको छ ।

अहिले देशभरि ४४,४७६ जनामा सक्रिय सङ्क्रमण छ । तीमध्ये १३,३३९ जना संस्थागत आइसोलेशनमा र बाँकी ३१,५३८ जना घरमै बसिरहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी २७,२५९ छ । तीमध्ये अधिकांश काठमाडौं उपत्यकाका हुन् ।