देशका पहाडी भूभागहरुमा आंशिक बदली रहे पनि बाँकी भूभागमा शुक्रबार दिउँसोको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावाना रहेको मौसमविदले बताएका छन्। शुक्रबार राति पनि पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रदेश १ का एक–दुई स्थानमा राति पनि हल्का वर्षाको सम्भावाना छ । अहिले बिहान देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ ।
हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ ।