logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज नवरात्रीको सातौं दिनः कालरात्रीको पूजाआराधना गरी फुलपाती भित्र्याइँदै


अंकुरण खबर
1.014K
Shares

आज दशैँको सातौ दिन घर-घरमा फूलपाती भित्र्याई कालरात्रीको पूजा आरधना गरी मनाइदै छ ।

घर तथा मन्दिरमा स्थापना गरिएको नवदुर्गा भवानी तथा दशैँघरमा आज विधिपूर्वक फूलपाती भित्र्याउने गरिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

फुलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ । आजको दिन दिनभरी नै शुभसाइत मानिने भएकाले छुट्टै शुभसाइतको आवश्यक नपर्ने ज्योतिषीय मान्यता रहेको छ ।

काठमाडौंको हनुमान ढोकामा आज दिउँसो फूलपाती भित्र्याइदै छ । हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटे पिङले दशैँको रौनकलाई अझ बढाउँछ ।

आजै सेनाले सैनिक मञ्च टुडिखेलमा फुलपाती बढाइ कार्यक्रम समेत गर्दैछ ।