कोरोना भाइरस संक्रमणका कारण नेपालमा थप पाँच जनाको मृत्यु भएको छ ।
सुनसरीमा दुई, चितवन, मोरङ र दाङमा एक–एक संक्रमिको मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट सुनसरीको धरान उपमहानगरपालिका–आठका दुई महिलाको आज विहान मृत्यु भएको छ । ५४ वर्षीया महिलाको विराटनगरस्थित नोबल अस्पतालमा र ६० वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो ।
त्यस्तै चितवनको भरतपुर अस्पताल पुगेलगत्तै एकजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ का ५७ वर्षीय पुरुष रहेका छन ।
दाङको लमहीका एक ५५ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । उनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । त्यस्तै नोबेल मेडिकल कलेज बिराटनगरमै उपचारको क्रममा मोरङको बेलबारी नगरपालिका–११ का ४२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।