प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सामान्य रूघाखोकी लागेपछि पिसिआर परीक्षण गराउँदा बिहीबार कोरोना रिपोर्ट पोजेटिभ आएको मन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हाल उनी होम आइसोलेसनमै रहेका छन् ।
उनले आफूसँग सम्पर्कमा आएकाहरुलाई सतर्क र सचेत रहन समेत आग्रह गरेका छन् ।