चितवनमा थप २४ जनामा कोभिड-१९ संक्रमण पुष्टी भएको छ ।
भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा २४ जनामा कोभिड-१९ पोजेटिभ देखिएको हो । १ सय ४६ वटा नमुना परीक्षण गर्दा २४ वटा पोजेटीभ देखिएको हो ।
सक्रमित मध्ये १० जना भरतपुर महानगरपालकिका, ५ जना कालिका नगरपालिका, ३ जना राप्ति नगरपालिका, खेरहनी नगरपालिकामा ४, रत्ननगरपालिकामा १ र एक जना भने नवलपरासीका रहेका छन् ।