logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

देशभर थप ४ हजार ४ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.04K
Shares

शुक्रबार देशभर थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरको प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा थप ४४९९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १६९० महिला र २८०९ पुरुष रहेका छन् ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ ।

जसमध्ये ८२९ जनाको केरोना संक्रमणकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।