प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको रक्षा गर्नु सरकारको निशर्त दायित्व भएको बताएका छन्।
शुक्रबार देशको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना परीक्षण र उपचारको दायित्वबाट सरकार नपन्छिएको बताएका हुन् ।
उनले कोरोना सक्रमितको उपचार सरकारले नगर्ने भन्दै अफवाह फैलाइएको आरोप लगाए । महामारीको समयमा आफवाहको तुवाँलो लाग्ने गरेको भन्दै उनले अहिलेको समयमा अफवाहका तुवालो निरन्तर फैलाई रहेको बताए ।
उनले ‘सक्ने आफै बाँच नसक्ने जे सुकै गर’ भन्ने हल्ला सुनिएको छ भन्दै प्रधानमन्त्री ओलीले कोरोना उपचारका क्रममा उपचार गर्न सक्दिन भनि स्वघोषणा गर्नेहरुलाई सरकारले उपचारको निरन्तर व्यवस्था गरेको बताए। र यो निरन्तर जारी रहने उनको भनाई छ ।
साथै उनले शव व्यवस्थामा कोही कसैलाई भेदभाव नगरी समान व्यवहार गरिएको बताए ।