समाचार

जनकपुरमा एक महिलाको शव फेला

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा एक महिलाको शव फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ स्थित पिडारी पश्चिमवारी सडकमा जमेको हिलोमा गाडिएको अवस्थामा पहिचान खुल्न नसकेको एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।

जनकपुरबाट कुर्था जाने सडकखण्डमा जमेको हिलोमा मृत फेला परेकी महिलाको पहिचान खुल्न नसकेको प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

मृत महिलाको घाँटीमा डाम देखिएको र नग्न अवस्थामा शव फेला परेकाले हत्या नै गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

उनले भने, ‘शवको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै सत्य कुरा बाहिर आउने छ । अहिले मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको राखिएको छ ।

Comment here