logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा देशभर १७ कोरोना संक्रमितको मृत्यु 


अंकुरण खबर
910
Shares

पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८२९ पुगेको छ।

स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर प्रयोगशालामा गरिएको परीक्षणमा  ४ हजार ४९९ संक्रमित थपिएका हुन्।

योसँगै देशभर कूल संक्रमितको संख्या १ लाख ५३ हजार ८  पुगेको छ। आज देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

आज देशभर २ हजार ६६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म १ लाख ५ हजार ८८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।