समाचार

यस वर्ष बालुवाटारमा टिकाको सार्वजनिक कार्यक्रम नहुने

यस वर्ष प्रधानमन्त्री निवासमा सार्वजनिक रुपमा दशैंको टिकाको कार्यक्रम नहुने भएको छ ।

गत वर्षहरुमा बालुवाटारमा प्रधानमन्त्रीले आफ्ना कार्यकर्ता र टिका ग्रहणका लागि आउने सर्वसाधारणलाई टिका लगाइदिने गरेका थिए ।

तर कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आफूले यस वर्ष बालुवाटारमा टिकाको कार्यक्रम नराख्न निर्देशन दिएको प्रधानमन्त्री ओलीले जानकारी दिए ।

दशैंको अवसर पारेर देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरक्षित रुपमा घरमा दशैं मनाउन आग्रह गरेका छन् ।

Comment here