logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव : वर्षाको सम्भावना


अंकुरण खबर
1.833K
Shares

मनसुन बाहिरिएयता कुनै उल्लेखनीय मौसमी प्रणाली नभएको नेपालमा बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव पर्न थालेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तरपूर्व सर्ने क्रममा बंगलादेश आइपुगेको हो। यसैको प्रभाव नेपालमा पर्न थालेको हो।

आज (शनिबार) दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

त्यस्तै आज राती प्रदेश १ मा सामान्य बदली तथा बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।