logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नेपालगञ्जमा कोरोना संक्रमित ५० वर्षीय पुरुषको मृत्यु


अंकुरण खबर
910
Shares

नेपालगञ्जमा कोरोनाबाट ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीका ५० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्यमा समस्या आएपछि असोज २५ गते स्वाव परीक्षण गरिएका उनलाई २६ गते कोरोना पुष्टि भएको थियो । ५० वर्षीय पुरुषको शुक्रबार राति १० बजे मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

यसैबिच, शनिबार बाँकेमा ४२ जना डिस्चार्ज भएका छन् । कोरोना पुष्टि भएपछि विभिन्न आइसोलेशन सेन्टरमा बसेका उनीहरु शनिबार डिस्चार्ज भएको फोकलपर्सन श्रेष्ठले जानकारी दिए ।