काठमाडौंको तीनकुनेमा स्कुटर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।
शुक्रबार राति प्रदेश ३-०९-२०१२ प ७१०१ नम्बरको स्कुटर पल्टिँदा काठमाडौं मूलपानीका २९ वर्षीय मनोज विष्टको मृत्यु भएको हो।
शुक्रबार मध्य राति बानेश्वरबाट कोटेश्वर जाँदै गर्दा स्कुटर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएको विष्टको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो।
राति खुला सडकमा तिब्र गतिका कारण स्कुटर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।