पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १०१ जना कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८२३, ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ ।
काठमाडौ उपत्यकामा सङ्क्रमितको सङ्ख्या दिनहु जसो बढ्ने क्रम जारी रहेको छ ।