पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ४६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिएको छ।
यो सँगै नेपालमा एक लाख ८ हजार ३ सय ३४ जना संक्रमित उपचारपछि निको भएका छन्।
मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ६९ दशमलभ ८ प्रतिशत रहेको छ।