logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पूर्वगृहमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण


अंकुरण खबर
1.612K
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ ।

उनकी पत्नी लक्ष्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको परीक्षणमा शर्मा दम्पतीलाई कोरोना संक्रमण देखिएको हो ।

आज बिहान फेसबुकमा स्टाटस राख्दै शर्माले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् ।

केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन नेता नेताले अनुरोध गरेका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि शर्मा ललितपुरस्थित आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् ।