पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १,५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १,२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन् ।