पछिल्लो २४ घण्टामा थप ३ हजार ३३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जानकारी दिएको छ ।
यो सँगै नेपालमा एक लाख ११ हजार ६७० जना संक्रमित उपचारपछि निको भएका छन् ।
मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७० दशमलब ६ प्रतिशत रहेको छ ।