logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

कोरोना संक्रमणका कारण धरानमा थप दुई जनाको मृत्यु


अंकुरण खबर
858
Shares

कोरोना भाइरस संक्रमणमणका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ।

मुत्यु हुनेमा ६३ वर्षे पुरुष र ८३ वर्षे महिला रहेका छन्।

मोरङ शनिस्चरे वडा ३ का पुरुषलाई असोज १ गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो। असोज ४ मा अस्पताल भर्ना भएका उनको हिजो राति १० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।

त्यसैगरी सुनसरीको धरान वडा १६ की महिलाको आइतवार मात्र कोभिड पुष्टि भएकोमा सोमवार बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।