logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तनहुँमा ५० वर्षीय कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
1.248K
Shares

तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी एक पुरुषको आज बिहान कोरोना संक्रमणबाट मृत्यु भएको छ।

मृत्यु हुनेमा ५० वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

ती पुरुषमा कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। ती पुरुषमा निमोनिया लगायतको समस्या थियो।

योसँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने गण्डकी प्रदेशमा ६८ पुगेको छ। रासस