logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज १७ सय ४१ जना कोरोना संक्रमित थपिए, ४,००५ जना डिस्चार्ज


अंकुरण खबर
1.235K
Shares

पछिल्लो २४ घण्टामा देशभर थप १७ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सहित नेपालमा कोरोनाका कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ।

जम्मा ५ हजार ६ जनामा गरिएको परीक्षणमा १७ सय ४१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

हालसम्म १३ लाख ९८ हजार १७९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। यस्तै काठमाडौं उपत्यकामा ३ वटा जिल्लामा ८९४ जनामा कोरोना पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये ३८० महिला र ५१५ पुरुष रहेका छन्।

मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ जना संक्रमित निको भएर घर फर्किएका छन्।

यस्तै आज थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८६२ पुगेको छ।