logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

भारतीय सेना प्रमुख नरभाने कात्तिक १९ गते नेपाल भ्रमणमा आउने


अंकुरण खबर
2.379K
Shares

भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने नोभेम्बर ४ अर्थात कात्तिक १९ गते तारिखमा नेपाल आउने भएका छन् ।

नरभाने तीन दिने नेपाल भ्रमणका लागि आउने गरी कार्यतालिका तय भएको छ । भारतीय पक्षले कात्तिक १९ गते आउनेगरी तीन दिने भ्रमणका कार्यतालिका नेपाली सेनालाई पठाएको छ । नेपाली सेनाले सेही अनुसार भ्रमण तगा भेटघाटको कार्यक्रम तयारी थालेको छ ।

नेपाल र भारतबीच पछिल्लो समय सीमा विवाद चर्किएपछि पहिलो पटक भारतीय पक्षबाट उच्च स्तरको भ्रमण हुन लागेको हो । भारतीय सेना प्रमुखको भ्रमणको क्रममा सीमा विवादको विषयमा पनि अनौपचारिक तरिकाले कुराकानी हुने अनुमान गरिएको छ।