logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर २८१ आइसियु र ७१ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत


अंकुरण खबर
910
Shares

आइतबार देशभर २८१ जना आइसियु र ७१ जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा ३० आइसियु र ७ जनामा संक्रमित भेन्टिलेटरमा उपचाररत छन्। प्रदेश २ मा ९ जना आइसियु र २ जना भेन्टिलेटरमा, बागमती  प्रदेशमा १७६ जना आइसियु र ५३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा १३ जना आइसियु र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ४२ जना आइसिय् र ८ जना भेन्टिलेटरमा उपचाररत छन्।

त्यसैगरी, कर्णाली प्रदेशमा ४ जना  र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित आइसियुमा उपचाररत भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ५७० जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ।