logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दशैंको टीकाका दिन महिलामाथि बलात्कार गरेको आरोपमा १ पुरुष पक्राउ


अंकुरण खबर
780
Shares

कैलाली प्रहरीले छिमेकी महिलामाथि बलात्कार गरेको आरोपमा १ जना पुरुषलाई पक्राउ गरेको छ ।

छिमेकी ३४ वर्षीया महिलामाथि जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा प्रहरीले कैलालीको घोडाघोडी नगरपालिका–२ का ३२ वर्षीय पुरुषलाई पक्राउ गरेको हो ।

पीडित महिलाले दिएको उजुरीका आधारमा ती पुरुषलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुख्खड कैलालीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहोराले जानकारी दिए ।

पीडित महिलाले प्रहरीलाई दिएको उजुरीमा ३२ वर्षीया छिमेकी पुरुषले दशैंको टीकाका दिन घरमा कोही नभएको मौका छोपी घरमै आएर आफूमाथि बलात्कार गरेको उल्लेख गरेकी छन् ।

बलात्कार आरोपमा पक्राउ परेका ३२ वर्षीय पुरुषलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली ९धनगढी० चलान गरिएको इलाका प्रहरी कार्यालय सुख्खडले जानकारी दिएको छ ।