logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाघको आक्रमणबाट बर्दियामा २ जनाको मृत्यु


अंकुरण खबर
689
Shares

बर्दियामा बाघको आक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

मधुवन नगरपालिका वडा नम्बर-३ नेपाल-भारत सीमानामा पर्नै ८१ नम्बर पीलर नजिकै बेलझुण्डी सामाुदायीक वनमा च्याउ खोज्न जाने क्रममा पाटेबाघको आक्रमणमा परि मधुवन ३ धनौराका २९ बर्षिय दिनेश चौत्ररीको घटना स्थलमै मृत्यु भएको हो ।

विहानै वनमा गएको र अबेर सम्म दिनेश घर नआएपछि उनलाई खोज्न जाने क्रममा दिउँसो ३ बजे सोहि ठाँउका २६ बर्षिय रमेश चौधरीलाई पनी बाघले आक्रमण गरि मारेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी गराएको छ ।

रमेशलाई बाघले आक्रमण गरेको खबर पाएपछि प्रहरी चौकी धनौरा र सशस्त्र प्रहरी टोली घटनास्थलमा पुग्दा बाघले आक्रमण गरि खादै गरेको अवस्थामा फेला परेका हुन ।