कोरोना संक्रमणका कारण गोरखाकी एक १९ वर्षीया सुत्केरीको मृत्यु भएको छ।
भरतपुर अस्पतालका अनुसार बारपाक सुलिकोट गाउँपालिका-१ की ती युवतीको मंगलबार दिउँसो पौने ४ बजे उपचारका क्रममा मृत्यु भएको हो।
उनलाई कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। श्वासप्रश्वासमा समस्या आएपछि उनलाई गत कात्तिक ६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उनको आइसियुमा उपचार भइरहेको थियो।
१९ दिनअघि सुत्केरी भएकी उनको सुरुमा भेन्टिलेटरमा राखेर उपचार गरिएको र पछि आइसियुमा उपचार गरिएको थियो। आइसियुमै उपचारका क्रममा उनको ज्यान गुमेको हो। अस्पतालले विज्ञप्तिमार्फत उनको मृत्यु भएको पुष्टि गरेको छ।