logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थपिए ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि


अंकुरण खबर
1.352K
Shares

गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ६ हजार ७९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण ता रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का ५५, कास्कीका ९, बाग्लुङका ५, म्याग्दीका ४, स्याङ्जाका ३ र तनहुँका २जना छन् । सङ्क्रमित सबैको आइसोलेसन व्यवस्थापनको तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

प्रदेशमा हालसम्म सङ्क्रमण भएका मध्ये ४ हजार १४ निको भएका छन् भने ६८ जनाको मृत्यु भएको छ ।