logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वमा चार करोड ४२ लाख बढी मानिसमा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
715
Shares

विश्वमा हालसम्म चार करोड ४२ लाख ३० हजार चार सय ९० मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ११ लाख ७१ हजार एक सय ९५ जनाको मृत्यु भइसकेको छ ।

विश्वमा तीन करोड २४ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा कोरोनामुक्त हुनेको संख्या तीन करोड २४ लाख ३६ हजार नौ सय ६४ पुगेको हो ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म ९० लाख ३४ हजारभन्दा बढी मानिस कोरोना संक्रमित भइसकेका छन् ।

अमेरिकामा अहिले पनि २९ लाख २९ हजारभन्दा बढी मानिस संक्रमित अवस्थामा नै छन् । त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ३२ हजार २४ पुगेको छ ।

भारतमा हालसम्म ७९ लाख ८८ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ अहिले पनि ६ लाख ११ हजार ६ सय पाँच जना संक्रमित अवस्थामै रहेका छन् ।

भारतमा कोरोना संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या एक लाख २० हजार ५४ पुगेको छ ।

नेपालमा हालसम्म एक लाख ६० हजार चार सय मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक लाख १८ हजार आठ सय ४३ जना निको भइसकेका छन् । हाल ४० हजार ६ सय ८१ जना मानिस संक्रमित अवस्थामा छन् ।

त्यहाँ कोरोना संक्रमणबाट आठ सय ७६ जना मानिसले ज्यान गुमाइसकेका छन् ।