logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
793
Shares

चितवनमा थप एक जना कोरोना सङक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

श्वासप्रश्वासको समस्या भएर कात्तिक ३ गते अस्पताल भर्ना भएका उनको म‌ंगलबार बेलुका ५ः२६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

उनलाई यही कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो । उनको अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।

मृतक पुरुष मधुमेहको समेत बिरामी थिए ।