logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बार्सिलोनाका अध्यक्ष बर्तोमेउले दिए राजीनामा


अंकुरण खबर
806
Shares

स्पेनिस फुटबल क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्तोमेउले पदबाट राजीनामा दिएका छन् । क्लबका समर्थकबाट दबाब झेलिरहेका अध्यक्ष बर्तोमेउले राजीनामा दिएका हुन् ।

क्लबका २० हजार भन्दा बढी सदस्यले उनलाई हटाउन माग गरी हस्ताक्षर संकलन गरेका थिए । क्लबको प्रदर्शन, आर्थिक अवस्था तथा खेलाडीसँगको सम्बन्धलाई लिएर उनको आलोचना हुँदै आएको थियो ।

उनी २०१४ मा क्लबको अध्यक्ष बनेका थिए । उनको कार्यकाल आगामी मार्चमा सकिँदै थियो । बर्तोमेउको लियोनल मेस्सीसँगको सम्बन्ध राम्रो रहेको थिएन । मेस्सीले समेत क्लब अध्यक्ष जोसेपको सार्वजनिक आलोचना गर्दै आएका थिए ।

अध्यक्षसँगकै विवादका कारण मेस्सीले गत अगष्टमा क्लब छाड्ने निर्णय गरेका थिए । बर्तोमेउको नेतृत्वमा बार्सिलोनाले चार ला लिगा र एक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । एजेन्सी