logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन आजदेखि नियमित हुने


अंकुरण खबर
715
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ का बारेमा जानकारी दिदै आएको नियमित पत्रकार सम्मेलन आजदेखि पुनस् सुरु हुने भएको छ ।

मन्त्रालयले गएको शुक्रबारदेखि पाँच दिनका लागि नियमित पत्रकार सम्मेलन स्थगित गरेको थियो ।

दशैँ पर्वका कारण स्थगित पत्रकार सम्मेलन आजदेखि नियमित र थप परिमार्जनसहित हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताएका छन ।