logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आजबाट नेपाल-चीनबीचको तातोपानी नाका पुनः खुल्ने


अंकुरण खबर
2.548K
Shares

नेपाल-चीनबीचको तातोपानी नाका आजबाट पुनः खुल्ने भएको छ ।

विगत लामो समय (कोरोना भाइरस महामारी सुरू भएयता) बन्द रहेको उक्त नाका गएको असोजमा २ दिन मात्र खुलेर पुनः बन्द भएको थियो ।

यसअघि सामान लोड-अनलोड गर्ने तीन जना कामदारमा कोरोना संक्रमण पुष्टि भएपछि खुलेको २ दिनमै उक्त नाका असोज २१ देखि पुनः बन्द भएको थियो ।

अहिले फेरि स्वास्थ्य सावधानी अपनाएर नाका सुचारू गर्न लागिएको हो । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै नाका सञ्चालनको तयारी भएको जनाइएको छ ।