logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

दुई लाख रुपैयाँसहित पाँच जना जुवाडे पक्राउ


अंकुरण खबर
1.638K
Shares

कैलालीको गौरीगंगामा जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन्।

गौरीगंगा नगरपालिका ६ स्थित कृष्णबहादुर खड्काको कुखुरा फर्ममा जुवा खेलिरहेको सूचना पाएपछि गएको प्रहरी टोलीले दुई लाख २३ हजार पाँच सय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका ६ का ६० वर्षीय भक्तबहादुर शाही, ५२ वर्षीय वीरबहादुर साउँद, ४५ वर्षीय डम्मर शाही, ४२ वर्षीय रामबहादुर साउँद र ३६ वर्षीय रंग साउँद रहेका छन् ।

उनीहरुलाई  नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।