logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अरिंगालको टोकाइबाट दुई बालिकाको मृत्यु


अंकुरण खबर
637
Shares

डोटी जिल्लाको सायल गाउँपालिका-१ छपालीमा अरिंगालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी ५ वर्षीया मनिषा र ३ वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

घर नजिकैको रुखमा बसेको अरिङगालले टोकेर गम्भीर घाइते भएका दुबै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानीयवासी प्रेमबहादुर नेपालीले जानकारी दिए। रासस