logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा केन्द्रीय कमिटीको बैठक स्थगित


अंकुरण खबर
819
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको तेस्रो बैठक स्थगित भएको छ ।

केन्द्रीय कमिटीको बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको केन्द्रिय कार्यालयका सचिव इश्वरी रिजालले जानकारी दिए ।

बैठक २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको थियो । स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने भएको छ ।

वक्तव्यमा भनिएको छ, “नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ । स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिने छ ।”