logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
832
Shares

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका–१४ की ७१ वर्षीया बहिलाको बुधबार बिहान साढे ११ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

ज्वरो तथा श्वासप्रश्वासमा समस्या भएर गत कार्तिक ६ गते अस्पताल भर्ना भएकी महिलामा सोही दिन कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

उनमा क्यान्सर रोग पनि रहेको अस्पतालले जनाएको छ।