logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १९ सय ५४ मा कोरोना पुष्टि, २९ सय ८१ जना डिस्चार्ज


अंकुरण खबर
1.638K
Shares

पछिल्लो २४ घण्टामा नेपालमा थप १९ सय ५४  जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८२४८ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म १४ लाख ९ हजार २९५ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आज ३९ हजार ६४३ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ७ हजार ७०९ जना संस्थागत आइसोलेसनमा र ३१ हजार ९३४ जना होम आइसोलेसनमा छन्।

२ हजार ८८९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ।

आज २ हजार ९८१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८७ पुगेको छ।