आज बुधबार काठमाडौं उपत्यकामा ८४३ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ६९६ जना, भक्तपुरका २९ जना र ललितपुरका ११८ जनामा संक्रमण पुष्टि भएको हो।
देशभर भने आज १९५४ जना संक्रमित थपिएका छन् भने २९ सय ८१ जना संक्रमणमुक्त भएका छन्।