पछिल्लो २४ घण्टामा देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८८७ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५४ जना संक्रमित भएका छन् । संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ९८१ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २१ हजार ८२४ पुगेको छ।
त्यस्तै आज देशभर ३९ हजार ६४३ जना सक्रिय संक्रमित छन्।