पछिल्लो २४ घण्टामा थप २ हजा ९८१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको जानकारी दिए।
योसँगै नेपालमा एक लाख २१ हजार ८ सय २४ जना संक्रमित उपचारपछि निको भएका छन्।
मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७५ प्रतिशत रहेको छ।