logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्याङ्जामा थपिए १२ जना कोरोना सक्रमित


अंकुरण खबर
598
Shares

स्याङ्जामा बुधबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

चापाकोट नगरपालिकामा ८ जना र गल्याङ नगरपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रादेशिक निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए।

संक्रमण देखिनेमा एक महिला सहित ११ पुरुष छन्। सक्रमित सबै कन्ट्रयाक ट्रेसिङ्बाट कोरोना देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ। योसहित जिल्लामा सक्रमितको संख्या ५ सय २० पुगेको छ। ती मध्ये ४ सय २९ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ।