logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर ७२ जना कोरोना संक्रमित भेन्टिलेटरमा, २९० जना आईसीयुमा उपचाररत


अंकुरण खबर
728
Shares

देशभर ३ सय ६२ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ७२ जना भेन्टिलेटरमा र २९० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १७८ जना आइसियु र ५७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४४ जना आइसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा  ३१ जना आइसियु र ६ जना भेन्टिलेटरमा र  प्रदेश २ मा १३ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ५ आइसियुमा, गण्डकी प्रदेशमा १५ आइसियु र १ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ४ आइसियु उपचाररत रहेका छन।