logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशका अधिकांश क्षेत्रको मौसम सफा रहने


अंकुरण खबर
871
Shares

देशका अधिकांश क्षेत्रको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा आंशिक बदली भए पनि बाँकी भूभागमा मौसम सफारहनेछ । उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण मौसम सफा रहने भएको हो ।

अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।

बिहीबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति भने देशभर मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।