logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश २ मा शुक्रबार सार्वजनिक बिदा


अंकुरण खबर
1.209K
Shares

इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश २ सरकारले कार्तिक १४ गते शुक्रवार सार्वजनिक विदा दिने भएको छ।

मुख्यमन्त्री लालबाबु राउतले पैगम्बर हजरतको जन्मदिनको अवसरमा शुभकामना मन्तव्य जारी गर्दै प्रदेशमा विदा दिने जानकारी दिएका हुन्।

उनले मोहम्मदको जन्मदिनको अवसरमा सम्पूर्ण इस्लामधर्मावलम्बी तथा प्रदेशवासीहरुलाई शुभकामना व्यक्त समेत गरेका छन्।

मुख्यमन्त्री राउतले प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लग्न पैगम्बरको प्रेरणादायी जीवन र उपदेशले सबैमा प्रेरणा प्रदान गरुन भनि कामना समेत गरेका छन्।