logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप २,३६४ जनामा कोरोना पुष्टि, ३ हजार ३८ जना डिस्चार्ज


अंकुरण खबर
871
Shares

थप २३ सय ६४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ सय जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ३ हजार ३८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १ लाख २४ हजार ८ सय ६२ जना रहेको छ ।

आज १७ जनाको मृत्यु भएको छ यो संगै मृतकको संख्या ९ सय ४ जना पुगेको छ ।